Agriculture workers union of Nepal (AWUN)


Email
awun2001@gmail.com
phone
+977 -1-4469954 / 4469

Description

नेपाल कृषि श्रमिक संघ Agriculture workers union of Nepal (AWUN) कृषि क्षेत्रमा कार्यरत सम्पूर्ण मजदूरहरूको पेशागत हकहित सुनिश्चित र सुरक्षा गर्ने उद्देश्यले २०५५ सालमा डी.पी. अर्यालको अध्यक्षतामा नेपाल कृषि मजदुर संघको स्थापना भएको हो । सो संघ ट्रेड युनियन ऐन, २०४९ अनुसार २०५६ सालमा श्रम विभागमा दर्ता भएको हो । नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ र नेपाल ट्रेड यूनियन काँग्रेस छुट्टाछुट्टै महासंघको रुपमा क्रियाशिल रहेको अवस्थामा नेपाल ट्रेड यूनियन काँग्रेस अन्तर्गत अमृतमणी पौडेलको अध्यक्षतामा नेपाल कृषि श्रमिक संघको रुपमा क्रियाशील भएको अवस्थामा उक्त दुई महासंघहरुका बीच एकीकरण भएसँगै यी दुई संघहरुका बीचमा पनि विमला गैरैको अध्यक्षतामा नेपाल कृषि श्रमिक संघका नामबाट दुई संस्थाहरु एकीकृत भए । नेपाल कृषि संघमा करीब २४,९७९ श्रमिकहरु आबद्ध छन् । 

भूमिको वैज्ञानिक वर्गीकरण नहुनु र कृषियोग्य जमीन घट्दै जाँदा कतिपय किसान पेशा छोड्न बाध्य छन् भने कृषि श्रमिकको सामाजिक प्रतिष्ठा कायम गरी पेशागत सुनिश्चितता गर्नु अर्को चुनौती बन्दै आएको छ । परम्परागत कृषि प्रणालीबाट माथि उठ्न नसकेको नेपाली किसानको अवस्था साँच्चै पीडादायी छ । किसानको उत्पादनबाट विचौलियाले उन्नति प्रगति गरिरहेका छन् भने खास उत्पादक किसान अहिले पनि मर्कामा  छन् । नेपाल कृषि श्रमिक संघले पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङ  लगायतका पुर्व कमैयाहरुलाई संगठित गर्ने र ट्रेड यूनियन आन्दोलनमा समाहित गर्ने र कमैया मुक्ति गराउने अभियानमा विशेष भूमिका निर्वाह ग¥यो भने त्यसैगरी २०५६ सालमा पहिलो पटक कृषि क्षेत्रका श्रमिकहरुको ज्यालाको घोषणा गर्न सरकारलाई दवाव दिने लगायतका महत्वपूर्ण कार्यहरु गरेको थियो ।  

कृषि मजदूरका हकहित स्थापना गर्न र ट्रेड युनियन अधिकार सुनिश्चित गर्न मुलुकभर छरिएर रहेका कृषि, पशु तथा कुखुरापालक, माछापालक, फलफूल, तरकारी, बागवानी, डेरी, गोठाला, हली हरूवा, चरुवा, मुक्त कमैया, माटोका भाँडा बनाउने, डोको सुकुल बुन्ने, भूमिहीन श्रमिक, चिया वगान, सामुदायिक वन, रेशम खेती, जुट उत्पादक लगायत क्षेत्रमा कार्यरत कृषि श्रमिकहरूको हकहित संरक्षरण र पेशागत अधिकार प्राप्तिका लागि संगठनात्मक रूपमा कार्य गर्न संघको स्थापना भएको हो । नेपाल कृषि श्रमिक संघ, राष्ट्रिय समिति पद                            नाम, थर                        सम्पर्क नम्बर अध्यक्ष विमला गैरे 985763042 वरिष्ठ उपाध्यक्ष यजराज चौधरी 9847854468 खुल्ला उपाध्यक्ष रामचन्द्र पुर्वे 9815871753 खुल्ला उपाध्यक्ष सुभन्द्रा काफ्ले 9851177331 उपाध्यक्ष महिला रुक्मणि थापा 9849242880 महासचिव ठानप्रसाद पोखरेल 9849495695 उपमहासचिव (खुल्ला) विकाश दाहाल 9851126068 उपमहासचिव (खुल्ला) दुखराम थारु 9848034572 उपमहासचिव (महिला) अमृता सिग्देल 9847073445 कोषाध्यक्ष नरोक्तम श्रेष्ठ 9841645209 सदस्य (खुल्ला) भरतजंग कुँवर सदस्य (खुल्ला) रगे विष्ट सदस्य (खुल्ला) जयराज पनेरु 9848743632 सदस्य (खुल्ला) सुन्दरी चौधरी 9848413294 सदस्य (खुल्ला) राधा पौडेल क्षेत्री 9864408349 सदस्य (खुल्ला) गोहनी चौधरी 9848414005 सदस्य (खुल्ला) विरेन्द्र पासवान 9816323899 सदस्य (खुल्ला) रत्न बहादुर महर्जन 98510710561, 9841225579 सदस्य (खुल्ला) अमृत कुमार तामाङ्ग 9817359408 सदस्य (महिला) सीता कुँवर सदस्य (महिला) टिका डाँगी 9851168391 सदस्य (महिला) चित्रकुमारी कठरीया 9868561352, 9800662085 सदस्य केदार कुमार के.सी. 9842965666 सदस्य राधा राना 9865924101 सदस्य ईन्द्रमणी गैरे 9855055377 सदस्य प्रभा मिश्र सदस्य शक्ति शिवाकोटी 9845028244 सदस्य पूर्ण बहादुर पौडेल 9847427282 कोशी प्रदेश सदस्य दुर्गा प्रसाद सापकोटा 9842656600 मधेश प्रदेश सदस्य देबेन्द्र भरखेर 9803529049, 9851074021 बागमती प्रदेश सदस्य शिव प्रसाद अर्याल 9860511423

Publication
Press Release