नेपाल गलैंचा श्रमिक संघ
Nepal Carpet Workers Union (NCWUN)
मुलुकमा प्रजातन्त्र स्थापनका लागि २००४ सालको आन्दोलनसँगै शुरू भएको मजदूर आन्दोलनले ०४६ सालको जनआन्दोलन सफल भएपश्चात् पेशाका आधारमा क्षेत्रगत संघ÷संगठन खोल्ने वातावरण निर्माण ग¥यो । २०४७ सालको संविधानले वर्गीय संघ÷सस्था खोल्न पाउने व्यवस्था गरेपछि मुलुकभर गलैंचा उद्योगमा कार्यरत मजदूर संगठित भए । ०४८ सालको अन्त्यतिर यस संघको स्थापना गरिएको भएता पनि ट्रेड युनियन ऐन २०५९ अनुसार महासंघ दर्ता गर्न १२ वटा फरक–फरक प्रकृतिका राष्ट्रिय संघको आवश्यकता पर्ने हुंदा नेपाल गलैंचा मजदुर संघको पनि स्थापना हुन गएको थियो । नेपाल ट्रेड युनियन कांग्रेसको २०५० सालमा सम्पन्न प्रथम जनकपुर महाधिवेशनमा राष्ट्रिय संघहरूको प्रतिनिधित्व गराउने र प्रतिनिधि बनाउने क्रममा बौद्ध कुमारीगालस्थित पोताला कार्पेटमा कार्यरत रामकुमार श्रेष्ठको अध्यक्षतामा पहिलो पटक नेपाल गलैंचा मजदूर संघको तदर्थ समिति गठन गरिएकोे थियो । औपचारिक रूपमा संघ २०५२ सालमा मात्र आएर श्रम विभागमा दर्ता भएको हो ।
उद्योगहरुको विस्तारसँगै मजदूर हकहितको सवाल पनि जटिल बन्दै गयो र प्रतिष्ठानस्तरमा कार्यरत श्रमिकहरुलाई नियुक्ति पत्र दिनुपर्ने, ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने, मजदूरलाई स्थायी गरिनु पर्ने, परिचय पत्र दिइनु पर्ने र सञ्चय कोषको व्यवस्था गरिनु पर्ने लगायतका १६ बुंदे माग राखि सविरमान वि.क. को अध्यक्षता रहेको रान्ता कार्पेट एकाइले पहिलो पटक गलैंचा मजदुर आन्दोलनको थालनी गरेको थियो । ठेकेदारी प्रथा अन्त्यका लागि प्रतिष्ठान सहमत भएपछि कतिपय संघकै नेताहरू यसको विपक्षमा पनि उभिन पुगे । किनकी पोताला कार्पेटका ठेकेदारहरु नै संघको समितिमा संलग्न रहेका थिए
२०५४ सालमा नेपाल टे«ड यूनियन काँग्रेसबाट फुटेर नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ (DECONT) को स्थापना भएपछि संघपनि विभाजित हुन पुग्यो । नेपाल गलैंचा मजदूर संघको नेतृत्व धनबहादुर गुरुङले गरे भने नेपाल गलैंचा मजदूर युनियनको नेतृत्व तेजबहादुर बस्नेतले गर्न पुगे । यूनियनको कार्यकालमा २०५४ साल श्रावण १९ गते काठमाण्डौं डाँछीथलीस्थित धनबहादुर तामाङको गलैंचा कारखानामा कुटपिट गरी हत्या गरिएका भक्तबहादुर थामी, जोरपाटी नयाँवस्ति स्थित डि.आर. कार्पेटमा साङलाले बाधेर काम लगाएका रामकृष्ण तामाङ (साङला काण्ड), भक्तपुर ठिमि स्थित भेनस कार्पेटमा गर्भवती महिलालाई रोजगारदाताबाट गरिएको कुटपिट काण्ड यसको दृष्टान्त हुन् । यद्यपी फूटबाट श्रमिकहरुको वर्गीय हित पूरा नहुने महसूस भएपछि ०६४ साल जेठ ५ गते दुवै संघ एकीकरण गरी नेपाल गलैंचा श्रमिक संघको नामाकरण गरियोे । केन्द्रीय समिति, विभाग, जिल्ला समिति, र कामको प्रकृति हेरी एकाइ समिति राख्ने व्यवस्था विधानमा छ । यस संघले संगठन विभाग, महिला समिति, युवा समिति, कानून तथा श्रम सम्बद्ध विभाग, आर्थिक विभाग, प्रचार तथा प्रकाशन विभाग र तालीम तथा प्रशिक्षण विभागहरू मार्फत आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रजान्त्रवादी मजदूरहरूको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको संस्थागत सदस्य रहेको यस संघ अन्तर्राष्ट्रियरुपमा इण्डष्ट्रीअल ग्लोबल युनियनसँग समेत आबद्ध रही आएको छ । संघले मजदूर सचेतनाका लागि हरेक बुधबार बिहान ७ देखि ७.३० बजेसम्म काठमाडौंस्थित भ्वाइस अफ युथ एफएम ९६.८ मेघाहर्जमा श्रमिक नालीबेली कार्यक्रम समेत प्रसारण गर्दै आएको थियो । नेपाल गलैंचा श्रमिक संघमा हाल १२,५०० जना सदस्यहरु छन् । संघको २०६९ चैत्र ३ गते सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट सविमान वि.को. अध्यक्षतामा निम्नानुसारको कार्य समिति रहेको छ ।
नेपाल गलैँचा श्रमिक संघ, राष्ट्रिय समिति
पद नाम, थर सम्पर्क नम्बर
अध्यक्ष सविरमान वि.क. ९८४३६७८२४०
वरिष्ठ उपाध्यक्ष नविन किशोर राई ९८४१५७७२३५
उपाध्यक्ष दान बहादुर माझी ९८०३८६९९८८
उपाध्यक्ष महिला संगिता तामाङ्ग ९८४१६९९४७७
महासचिव बुद्ध लामा ९८१३६२६७८२
उप महासचिव फुर्पा साँगे लामा ९८४१५९८२४६
कोषाध्यक्ष सोमराज केरुङ ९८४१३१३७७८
सदस्य कृष्ण शाह ९८०८२८९१४३
सदस्य तिलक बुढाथोकी ९८१३००६६६४
सदस्य श्याम कुमार लामा ९८४१४४६३८२
सदस्य उमाकान्त चौधरी ९८०३९८९१९२
सदस्य जगत सिंह तामाङ ९८४३४७८०३५
सदस्य लक्ष्मी वजगाई ९८४१५३०२७१
सदस्य गणेश कडेल ९८४१५३७८९२
सल्लाहकार धन बहादुर गुरुङ ९८१७२६३९२५
सल्लाहकार युवराज लामा ९८४११६३५४४
महिला समिति अध्यक्ष मिना तामाङ ९८४३५४७५५७
युवा समिति अध्यक्ष रुपकाजी लामा ९८५१०३४६९३
प्रदेश नं. २ संयोजक जगत सिंह तामाङ ९८४३४७८०३५
प्रदेश नं. ३ संयोजक देवराज योञ्जन ९८४९१२९८७१