Home / NEWS / नेपाल ट्रेड युनियन कांग्रेस युवा समितिको तीज कार्यक्रम |

नेपाल ट्रेड युनियन कांग्रेस युवा समितिको तीज कार्यक्रम |

Published Date: 2016-09-01 18:37:42


२०७३, भदौ १५, नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस युवा समितिले महिलाहरुको सम्मानमा केन्द्रीय कार्यालयमा आयोजित " तिज विशेष कार्यक्रम-२०७३" भव्य सम्पन्न भएको छ | कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अयोध्या प्र.यादवले शुभकामना दिनु हुदै युवा समितिले गर्दै आइरहेको क्रियाकलापको प्रशंसा गर्नुभयो | "महिलाहरुको सम्मानमा आयोजित तिज कार्यक्रमले महिलाहरुमा ट्रेड युनियनमा लाग्न अझ प्रोत्साहन मिल्ने र महिला सहभागिता बृद्दि भई ट्रेड युनियन सशक्त हुने बताउनु भयो |” यसैगरी केन्द्रीय सदस्य राधिका कुइकेल, महिला समिति अध्यक्ष सुधा दाहाल,नेपाल गृह श्रमिक संघ अध्यक्ष उषा भण्डारीले पार्टी प्यालेस र पाँचतारे होटेलहरुमा तिज कार्यक्रम हुन थालेकोले माइती पनि त्यतै सरेको हो कि भन्ने परिस्थितिमा युवा समितिले आफनै कार्यालयमा महिलाहरुको सम्मानमा तिज कार्यक्रम राखेकोमा खुशी व्यक्त गर्नु भयो | कार्यक्रममा युनि एसिया क्षेत्रिय उपमहासचिव राजेन्द्र आचार्य ,केन्द्रीय सदस्य डी.पि. अर्याल,नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघका अध्यक्ष केदारनाथ दाहाल लगायतले शुभकामना दिनु भएको थियो | कार्यक्रममा गायिका आरति खड्का र नेपाल इम्ब्रोइडरी श्रमिक संघका अध्यक्ष तेज प्र.रिजालको बेजोड दोहोरीले अझ रौनकता छाएको थियो | तीजका विभिन्न गीतहरुमा सयौको सख्यामा उपस्थित महिलाहरु नाच्न व्यस्त थिए | कार्यक्रमको अन्त्यमा कार्यक्रम अवधि भर उत्कृष्ट नृत्य र गाउने ४ जना संगीता खुलाल,शान्ति धामी,आरति खड्का र सुनिता खुलाललाई केन्द्रीय सदस्यद्धय राधिका कुइकेल र सुशिला घिमिरेले संयुक्तरुपमा मायाको चिनो स्वरूप चुरा र पोते प्रदान गर्नु भयो | कार्यक्रम युवा समिति महिला उपाध्यक्ष दुर्गा भण्डारीको अध्यक्षयतामा , स्वागत युवा अध्यक्ष बलदेव तामाङ र संचालन सचिव कृष्ण शाहले गर्नु भएको थियो |  
Publication
Press Release