Health Professional Union of Nepal (HEPON)


Email
phone
+977-9851092869

Description

नेपाल स्वास्थ्यकर्मी संघ

Health professional union of Nepal (HEPON)


स्वास्थ्य सेवा प्रदान गर्ने विभिन्न स्वास्थ्यकर्मीहरू चिकित्सक, नर्स, प्यारामेडिकल्स लगायतका स्वास्थ्यकर्मीहरू सम्मिलित राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति समर्पित, स्वास्थ्यमा सामान्य अध्ययन गरी स्वास्थ्य सेवामा कार्य गरेका, स्वास्थ्य विषयमा अध्ययन गरेका, स्वास्थ्य क्षेत्रमा विषेशज्ञता हासिल गरेकादेखि स्वास्थ्यको आधारभूत तालीम नलिएका तर स्वास्थ्य सेवा प्रदान गर्न प्रत्यक्ष वा परोक्ष रूपमा लागिरहेका निजी, सामुदायिक, गैरसरकारी, सरकारी आदि सम्पूर्ण तहमा कार्यरत श्रमजीवीहरूको साझा पेशागत संस्थाको रूपमा २०४८ साल जेष्ठ २४ गते विधिवत स्थापना भयो । यस संघ पीएसआईसँग आबद्ध भई अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (जीयूएफ)को आबद्धता लिएको छ ।  

पञ्चायतकालमा विभिन्न पेशागत संघहरुको स्थापना भई प्रजातन्त्र प्राप्तिको लागि क्रियाशील भइरहेको अवस्थामा २०३६ सालमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए । उक्त आन्दोलनको पश्चिमाञ्चल क्षेत्रको नेतृत्व रामजी कुँवरले गर्नु भएको थियो । त्यसपश्चात बि.सं २०४८ सालमा डा. चोपलाल भुसाल अध्यक्ष र हरि लम्साल महासचिव रहेको केन्द्रीयकार्य समिति गठन भयो । यस संगठनको प्रथम अधिवेशन बिसं २०५० सालमा चितवनमा भएको हो । प्रथम अधिवेशनले डा. नवराज पण्डित अध्यक्ष र राजेन्द्रप्रसाद जयसवाल महासचिव रहेको केन्द्रीय समिति चयन ग¥यो । तर यो समिति निष्कृय भएका कारणले समितिका वरिष्ठ उपाध्यक्ष कृष्णहरि शर्मालाई कावा अध्यक्ष बनाई पुनः यस संघले काम गर्न शुरू ग¥यो ।  २०५२ सालमा चितवनमा नै पुनः अधिवेशन भयो र यस अधिवेशनले कृष्णहरि शर्मा र मुक्तिराम श्रेष्ठलाई क्रमशः अध्यक्ष र महासचिवमा निर्वाचित गरी नयाँ केन्द्रीय समितिको निर्माण ग¥यो । यही समयमा यो संघ विधिवत् श्रम विभागमा दर्ता भयो । 

२०५४ सालमा काठमाण्डौमा भएको तेस्रो अधिवेशनले डा. सम्पूर्णानन्द ढुंगाना र रामप्रसाद भण्डारीलाई क्रमशः अध्यक्ष र महासचिवमा निर्वाचन गरी तेस्रो कार्यअवधिका लागि नयाँ केन्द्रीय समितिको निर्माण भयो । २०५९ मा काठमाण्डौमा भएको चौथो अधिवेशनले मुक्तिराम श्रेष्ठ र रामजी घिमिरेलाई क्रमशः अध्यक्ष र महासचिवमा निर्वाचित गरीे केन्द्रीय समितिको निर्माण भयो । यस क्रममा दुई वटा  ट्रेड युनियन महासंघहरूको एकीकरण भयो र नेपाल स्वास्थ्यकर्मी संघ र प्रजातान्त्रिक स्वास्थ्यकर्मी संघको पनि एकीकरण भई नेपाल स्वास्थ्यकर्मी संघ बन्यो । एकीकरण पश्चात् यस संघको अध्यक्षमा डा. मुक्तिराम श्रेष्ठ, सह–अध्यक्षमा राजेन्द्रप्रसाद उपाध्याय र तात्कालीन दुवै संघका सम्पूर्ण पदाधिकारीहरू सोही पदमा रहनेगरी कार्य समिति बन्यो र सोही समितिले पाँचौं अधिवेशन सम्पन्न ग¥यो । पाँचौ अधिवेशनले रामजी घिमिरेको अध्यक्षतामा मेघराज खड्का महासचिव रहने गरी केन्द्रीय समिति चयन ग¥यो । बिसं २०७० सालमा पोखरामा यस संघको छैठौं अधिवेशन भयो र यस अधिवेशनले रामजी घिमिरेको अध्यक्षतामा केन्द्रीय समितिको निर्माण  ग¥यो । हाल यस संघमा स्वास्थ्य क्षेत्रमा काम गर्ने १२,२८२ जना सदस्य आवद्ध रहेका छन् । 

यस संघले सरकारी क्षेत्र, निजी क्षेत्र, अस्पताल विकास समिति, मेडिकल कलेज, स्थानीय निकाय वा महानगर÷उपमहानगर÷नगरपालिका÷गाविस, महिला स्वास्थ्य स्वयंसेविका, संस्थागत, करार÷बाह्य स्रोतका स्वास्थ्यकर्मीहरू, नर्सिंग, जनस्वास्थ्य, चिकित्सा स्वास्थ्य प्रयोगशाला विज्ञान, सीएमए, एचए, रेडियोलजी, फारमेसी, एएएचडब्ल्यू, एएचए र आयुर्वेद आदिलाई समेटेको छ ।

त्यसै गरी सीएमए, एचए, रेडियोलजी, फारमेसी, एएएचडब्ल्यू, एएचए र आयुर्वेदतर्फका कविराज आदिजस्ता दक्ष र अर्धदक्ष व्यावसायिक स्वास्थ्यकर्मीहरूको संख्या पनि ठूलो छ । 

नेपाल स्वास्थ्यकर्मी संघ, कार्य समितिको नामावली

      नाम                                 पद                  सम्पर्क नम्बर

रामजी घिमिरे                           अध्यक्ष
रामचन्द्र साह                           वरिष्ठ उपाध्यक्ष
देवराज लामिछाने                     उपाध्यक्ष
रमिलम चौलागाई                      उपाध्यक्ष (खुल्ला)
साइली गिरी                             उपाध्यक्ष (निजी)
कल्याणी खड्का                       उपाध्यक्ष म.स्वा.से.
रामसिंह तामाङ                        उपाध्यक्ष समावेशी 
दिपकराज भट्ट                         महासचिव
टेकराज ओझा                          उपमहासचिव (खुल्ला)
हरिहर तिवारी                          उपमहासचिव (खुल्ला)
सारदा कुमारी                          अर्याल उपमहासचिव (खुल्ला)
नवराज श्रेष्ठ                              उपमहासचिव (सरकारी)
मीनराज पन्थी                           उपमहासचिव (निजी)
भवानी उप्रेती                           उपमहासचिव (म.स्वा.से.)
नेत्र बहादुर राना                       उपमहासचिव (समावेशी)
शिबजी दास                            मधेश प्रदेश अध्यक्ष
प्रेम बहादुर महरा                      सुदुरपश्चिम प्रदेश अध्यक्ष
देभ प्रकास घिमिरे                     गण्डकी प्रदेश अध्यक्ष
कमल नारायण भट्टराई               बागमती प्रदेश अध्यक्ष
नारायण बेलबासे                       लुम्बीनी प्रदेश अध्यक्ष
सुरेश पासवान                          कोषाध्यक्ष
मुना भट्टराई                             सचिव (खुल्ला)
हर्क बहादुर खड्का                   सचिव (खुल्ला)
कौशल राज बैध                        सचिव (खुल्ला)
विष्णु जैसी                               सचिव (खुल्ला)
यशोदा श्रेष्ठ                              सह कोषाध्यक्ष

 

Publication
Press Release